www.tandavnews.com
Fact ~ In search of truth

क्लब स्तरिय भलिबल प्रतियोगितामा क्वाटरफाईनलका खेल सम्पन्न

सुशान्त गाहा मगर,

पोखरा /ताण्डव न्यूज ।

 

पोखराको नदिपुरमा जारी दोस्रो संस्करणको क्लब स्तरिय भलिबल प्रतियोगितामा क्वाटरफाईनलका खेलहरु सम्पन्न भएका छन ।कर्पाकेली समाजको प्राङ्गणमा पुरुष र महिला तर्फको क्वाटरफाईनल र भेट्रन्स तर्फ सेमिफाईनल खेल सम्पन्न भएका हुन ।

Batas

‘स्वास्थ्यका लागि खेदकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आज (बिहिबार) सम्पन्न महिला तर्फको क्वाटरफाईनल खेलबाट टिजी गर्ल, द्वोहा समाज, लालीगुँरास पुन समाज टिम ‘ए’ र ‘बी’ अन्तिम चारमा प्रबेश गर्याे ।

टिजी गर्लले अर्चलबोटलाई २५–१२, २३–२५ र २५–१२ को अङ्क नतिजा सहित पराजिद गर्दै सेमिफाईनलको यात्रा तय गर्याे ।त्यस्तै न्यु ग्यालेक्सीको अनुपस्थितिमा द्वोहा समाज वाकओभर मार्फत बिजयी घोषित हुदै अन्तिम चारको स्थान सुरक्षित गर्याे ।

त्यस्तै लालीगुँरास पुन समाज टिम ‘बी’ ले २५–८ र २५–११ को सोझो सेटले सेञ्चुरी क्लब छोम्रोङलाई पराजित गर्दै द्वोहा समाजसँगको भेट पक्का गर्याे ।अन्तिम क्वाटरफाईनल खेलमा दग्नाम समाजलाई लालीगुँरास पुन समाज टिम ‘ए’ ले २७–२५, २७–२५ को सोझो सेटमा हराउदै टिजी गर्लको निम्तो पायो ।

प्रतियोगिताको खेल संयोजक अनिल गुरुङका अनुसार पुरुष तथा महिला तर्फको सेमिफाईनले खेल शुक्रबार हुनेछ ।यस अघि पुरुषतर्फको अन्तिम चारमा एपीएफ ‘ए’, पोखरा भलिबल प्रशिक्षण केन्द्र ‘ए’ गलकोट क्लब र एपीएफ ‘बी’ प्रबेश गरेको गरिसकेको गुरुङले बताए ।

गुरुङले प्रतियोगिताकोे पुरुष तर्फको बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद  ६० हजार प्रदान गरिने बताए । त्यस्तै उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद  ४० हजार प्राप्त गर्नेछ ।

त्यसैगरी महिला तर्फको बिजेता र उपबिजेता टिमलाई क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद २० र १४ हजार प्रदान गरिने बताए ।उनका अनुसार भेट्रान्स तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद १५ हजार र उपबिजेता टिमले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ । संयोजक गुरुङले प्रतियोगिताबाट उत्कृष्ट खेलाडी तथा बिद्यागत रुपमा पुरस्कृत गरिने समेत जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.