
पोखरा,
ताण्डव न्यूज ।
पोखरा– ८ नागढुङ्गा स्थित साइनिङ र्वल्ड टुर्स एण्ड ट्राभल्स संचालनमा ल्याइएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी ‘टुर्स एण्ड ट्राभल्स’ संचालनमा आएको हो ।
टुरिजम क्षेत्रमा सहयोग गर्ने उद्देश्यले युवा व्यवसायी जगतमोहन गिरीले ‘ट्राभल्स’ संचालनमा ल्याएको बताए । ‘अन्य ट्राभल्सको तुलनामा छुट्टै तरिकाले सेवा प्रदान गर्ने सोच बनाएको छु’ उनले भने, ‘जसले गर्दा भिजिट नेपालमा पनि सहयोग पुग्ने विश्वास छ ।’
करिब १८ लाख खर्च गरीएको ट्राभल्सबाट डोमेस्टिीक एयर टिकट, इन्टरनेसनल एयर टिकट, ट्रेन टिकट, नेपाल देखि दिल्ली, देहरादुन सम्मको बस टिकट, भिआइपी, डिलक्स बस टिकट, होटल बुकिङ, टुर प्याकेज, पोखरा साइ सेइङ भिटीट भिसा सोलुसन लगायतको सेवा लिन सकिन्छ ।
विश्वको कुनै पनि देशमा घुम्न वा सामान पठाउनका लागि अनलाइन मार्फत पनि सेवा लिन सकिने संचालक गिरीले जानकारी दिए । यतिमात्र नभई यस टुल्र्स एण्ड ट्राभल्सले दुवै, थाइल्याण्ड, सिंगापुर, जापान, कोरिया, इडोनिसिया, मलेसिया लगायका विभिन्न देशमा टुर्र प्याकेजको समेत व्यवस्था रहेको उनले उल्लेख गरे ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.