www.tandavnews.com
Fact ~ In search of truth

एपीएफ टिम ‘ए’ उपाधि नजिक

सुशान्त गाहा मगर,

पोखरा/ताण्डव न्यूज।

पोखराको नदिपुरमा जारी दोस्रो संस्करणको क्लब स्तरिय भलिबल प्रतियोगिताको फाईनलमा विभागिय टोली एपीएफ टिम ‘ए’ प्रबेश गरेको छ ।

नदीपुर स्थित कर्पाकेली समाजको प्राङ्गणमा शुक्रबार सम्पन्न पहिलो सेमीफाईनल खेलबाट एपीएफ टिम ‘ए’ ले पोखरा भलिबल प्रशिक्षण केन्द्रलाई २५–१८, २२–२५, २५–१७ र २५–१५ को सेटले पराजित गर्दै फाईनल प्रबेश गर्याे । उक्त खेलबाट म्यान अफ द म्याचको रुपमा पोखरा भलिबल ट्रेनिङ सेन्टरका रामचन्द्र बिक घोषित भए ।

गलकोट क्लब बाग्लुङ र एपीएफ ‘बी’ बिच भएको अर्काे सेमिफाईनल खेल समय अभावका कारण रद्द हुन पुगेको बताउदै खेल संयोजक अनिल गुरुङले उक्त खेल शनिबार बिहान ठिक ७ बजे हुने बताए । उनका अुनसार सो खेलमा २ सेट एपीएफले र १ सेट बाग्लुङले हाप पारेको थियो ।

त्यस्तै महिला तर्फ टिजी गर्ल र दोबा समाज उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । शुक्रबार सम्पन्न पहिलो सेमिफाईनल खेलबाट लालीगँुरास पुन समाज लामाचौर ‘ए’ लाई टिजी गर्लले २५–११, २५–२२ र २५–५ को सोझो सेटमा पराजित गर्याे ।

यसैगरी दोस्रो सेमिफाईनल खेलमा लालीगँुरास पुन समाज लामाचौर ‘बि’ लाई दोबा समाजले २५–१३, २५–२२ र २५–२२ को सोझो सेट सहित हराउदै फाईलनमा टिजी गर्लको निम्तो पायो । उनीहरुले शनिबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन ।

यस अघि भेट्रान्स तर्फ घान्दु्रकलाई हराउदै अर्चलबोट युनाईटेड र घारीपाटन भेट्रान्सलाई पराजित गर्दै लालीगुँरास पुन समाज लामाचौर फाईनलमा प्रबेश गरिसकेको संयोजक गुरुङले बताए ।

प्रतियोगिताकोे पुरुष तर्फको बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ६० हजार रुपैयाँ प्रदान गरिने गुरुङले बताए । त्यस्तै उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ४० हजार प्राप्त गर्नेछ ।

त्यसैगरी महिला तर्फको बिजेता र उपबिजेता टिमलाई क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रुपैयाँ २० र १४ हजार प्रदान गरिने बताए ।

उनका अनुसार भेट्रान्स तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद १५ हजार र उपबिजेता टिमले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ । राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङको प्रमुख आतिथ्यतामा फाईनल खेल आज (शनिबार )हुने आयोजकले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.