www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा फोनमा बोल्दा बिजुली तारमा छोइएर मजदुरको ज्यान गयो

संजय रेग्मी,
पर्वत /ताण्डव न्यूज ।

पर्वतको जलजला गाउँपालिकामा बालुवाको थुप्रोमाथि रहेको विद्युतीय तारमा छोइएर एक मजदुरको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका १७ वर्षीय गणेश किसान रहेका छन् । उनी ट्रयाक्टरका मालिकसँगै बालुवा लिन पर्वतको जलजला स्थित लस्तीमा रहेको दक्षिणामकाली क्रसर उद्योगमा बालुवा लिनको लागि आएका थिए ।

ट्रयाक्टरका सहचालक किसान फोनमा कुरा गर्दै हिँडिरहेको अवस्थामा बालुवाको ठुलो र अग्लो थुप्रोमाथि रहेको विद्युत् थ्री फेज लाइनमा छोइँदा करेन्ट लागेर घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

घटनामा ज्यान गुमाएका किसान म्याग्दी जिल्लाका बासिन्दा भएकोले उनको शवलाई म्याग्दी अस्पतालमा पोस्टमार्टम गरेर आफन्तको जिम्मा लगाइएको पर्वत प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.