www.tandavnews.com
Fact ~ In search of truth

डिफेण्डिङ च्याम्पियन एपीएफको टोली नै बिजेता र उपबिजेता

टिजी र्गल्सलाई महिला तर्फको उपाधि

सुशान्त गाहा मगर,
पोखरा ताण्डव न्यूज ।

लामा अमृत फाउन्डेशन घान्दु्रकले आयोजना गरेको दोस्रो क्लब स्तरिय भलिबल प्रतियोगिताको उपाधि डिफेण्डिङ च्याम्पियन एपीएफ टिम ‘बी’ ले जितेको छ ।

पोखराको नदिपुरमा शनिबार सम्पन्न फाईनल खेलमा एपीएफ कै ‘ए’ टिमलाई १८–२५, २५–१२, २५–१९, १८–२५ र १६–१४ को सेटले पराजित गर्दै एपीएफ टिम ‘बी’ ले दोस्रो पटक उपाधि जितेको हो ।

उपाधिसँगै टिम ‘बी’ ले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद  ६० हजार प्राप्त गर्याे । त्यस्तै उपबिजेता टिम ‘ए’ ले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ४० हजार रुपैयाँमा चित्त बुझायो ।

उक्त प्रतियोगिताबाट टिम ‘बी’ का सञ्जु बिक्रम शाह सर्बाेत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै उत्कृष्ट ब्लकरका रुपमा सोही टिमकै सन्तोष क्षेत्री, उत्कृष्ट सेटरका रुपमा सोही टिमकै मिलन राना र उत्कृष्ट स्पाईकरको रुपमा बिष्णु क्षेत्री पुरस्कृत भए भने उत्कृष्ट डिफेण्डरका रुपमा टिम ‘ए’ का चन्द्र गुरुङ र उत्कृष्ट क्वीकरको रुपमा सोही टिमकै मिलन गुरुङ घोषित बने ।

त्यस्तै महिला तर्फ टिजी गर्ल तल्लो गगनगौडाले फाईनल खेलमा दोबा समाजलाई ३–१ को सेटले पराजित गर्दै बिजयी बन्यो । टिजी गर्लले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद २० हजार रुपैयाँ हात पार्याे भने उपबिजेता बनेको दोबा समाजले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद १४ हजार रुपैयाँ प्राप्त गर्यो ।

प्रतियोगिताबाट टिजी गर्लका ममता पुन उत्कृष्ट खेलाडीको पुरस्कारबाट पुरस्कृत भए भने उत्कृष्ट सेटरको रुपमा दोबा समाजका निरु पुन र सोही टिमकै सस्मीता पुन उत्कृष्ट स्पाईकरको हकदार बने ।

प्रतियोगिताका खेल संयोजक अनिल गुरुङका अनुसार भेट्रान्स तर्फ लालीगुँरास पुन समाज लामाचौरलाई फाईनल खेलमा ३–० को सोझो सेटले स्तब्ध पार्दै अर्चलबोट भेट्रान्सले उपाधि जित्यो । अर्चलबोटले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १५ हजारको हकदार बन्यो भने उपबिजेता टिम लामाचौरले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद १० हजार रुपैयाँमा चित्त बुझायो । उक्त प्रतियोगिताबाट लामाचौरका मन प्रसाद पुन उत्कृष्ट खेलाडीको हकदार बने ।

क्लब स्तरिय पुरुष, महिला तथा भेट्रान्स तर्फको बिजेता तथा उपबिजेता टिमलाई कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, मुख्य प्रायोजक सुबेदार नर बहादुर गुरुङ लयायतले पुरस्कार बितरण गरेका थिए ।

सो अवसरमा बोल्दै राखेप सदस्य गुरुङले बिजेता टिमहरुलाई बधाई ज्ञापन गरे । अर्काे संस्करणको खेल रङ्गशालामा गर्न सुझाब दिदै सो प्रतियोगिता सञ्चालनका लागि आफ्नो तर्फबाट सहयोग गर्न प्रतिबद्ध रहेको जनाए । उनले एक्लो रुपमा खेलकुदको क्षेत्रमा बिकास पुर्याउने गरी प्रतियोगिता सञ्चालन गरेको भन्दै आयोजकका संस्थापकलाई धन्यवाद समेत ब्यक्त गरेका थिए ।

कार्यक्रममा पुन युनाईटड नदीपुर तथा भुजुङ यजुम्रो डान्स गु्रपको तर्फबाट सांस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।

फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङको सभापतित्व्मा सम्पन्न पुरस्कार बितरण तथा समापनको कार्यक्रम सञ्चारकर्मी अर्जुनले सञ्चालन गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.