www.tandavnews.com
Fact ~ In search of truth

जागरण क्लब भगवती चौताराको दशैं विशेष कार्यक्रम

पोखरा ।

 

जागरण क्लब भगवती चौताराले दशैं विशेष कार्यक्रम गर्ने भएको छ ।

क्लबका अध्यक्ष विनोद भण्डारीको अध्यक्षतामा हिजो (शनिबार) बसेको बैठकले दशैं विशेष कार्यक्रम गर्ने निर्णय गरेको हो ।बैठकले आगामी असोज १८ र १९ गते खेलकुद कार्यक्रम तथा साँस्कृतिक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

Batas

१८ गते हुने खेलकुद कार्यक्रम अन्तर्गतको दौड प्रतियोगितामा तीन उमेर समुह छुट्याई प्रतियोगिता हुने भएको छ ।१८ वर्ष वा सो भन्दा मुनिका उमेर समुहबीच १.५ कि.मि दुरीको दौड प्रतियोगिता हुनेछ । १९ वर्ष देखि ३५ वर्ष सम्मका उमेर समुहबीच २ कि.मि दरीको भने ३५ वर्ष माथिका उमेर समुहबीच १ कि.मि दुरीको प्रतियोगिता हुनेछ ।

 दौड प्रतियोगिता वडा नं ३३मा बसोबास गर्नेहरुको लागि रहेको क्लबले जनाएको छ ।

असोज १९ गते हुने साँस्कृतिक कार्यक्रम अन्तर्गत खुल्ला एकल नृत्य पतियोगिता गर्ने क्लबले निर्णय गरेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.