www.tandavnews.com
Fact ~ In search of truth

‘नैना रेशम’ सार्वजनिक

पोखरा,
ताण्डव न्यूज ।

 

लोकप्रिय युवा सर्जक तथा गायक चोलेन्द्र पौडेल र गायिका पार्वती गुरुङको स्वरमा नयाँ लोकदोहोरी गीत ‘नैना रेशम’ बजारमा सार्वजनिक गरिएको छ । चोलेन्द्र पौडेलको शब्द संगीतमा रहेको गीतलाई आशिष अविरलको एरेन्ज गरेका छन् ।

पर्यटकीय नगरी पोखरामा छायांकन गरिएको गीतमा चर्चित गायक तथा मोडल रामजी खाड र नितु गुरुङले कम्मर मर्काएका छन् । प्रकाश भट्टले निर्देशन गरेको भिडियोलाई राजेश घिमिरेले खिचेका हुन् । गीतको सम्पादन बिष्णु शर्माले गरेका छन् ।

Batas

गीतको भिडियोलाई होम गुरुङको अफिसियल युटुव च्यानलबाट सार्वजानिक गरिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.