www.tandavnews.com
Fact ~ In search of truth

चलचित्र ‘बुलबुल’प्रतिष्पर्धा बिनै ओस्कारमा छनौट

काठमाडौं ।

नेपालको प्रतिनिधित्व गराउदैँ नेपाली चलचित्र बुलबुललाई ओस्कार पठाइने भएको छ ।

ओस्कर अवार्डको अन्तराष्ट्रिय फिचर विधामा नेपालको प्रतिनिधित्व ‘बुलबुल’ले गर्ने भएको हो।ओस्कार छनौट समितिले गत साता विनोद पौडेल निर्देशित ‘बुलबुल’लाई नेपालको तर्फबाट ओस्कार पठाउने निर्णय गरेका हुन्।

कमिटी महासचिव चिरन्जीवि गुरागाइँका अनुसार ओस्कारका लागि आवेदन मागिएकोमा ‘बुलबुल’को मात्र दरखास्त परेकाले ‘बुलबुल’बिना प्रतिष्पर्धा छनौट भएको हो ।

‘बुलबुल’मा स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको छ ।यो चलचित्रले नेपालमा राम्रो प्रशंसा पाएको थियो ।यसै सिनेमाबाट अभिनेत्री खड्काले राष्ट्रिय फिल्म अवार्डसहित सार्क फिल्म फेस्टिवलमा अवार्ड समेत जितेकी थिइन्।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.