www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीका सांसद प्रकाश दवाडीलाई डेंगुको संक्रमण, प्रदेशभर एक हजार डेंगुका विरामी

पोखरा ।
गोरखा क्षेत्र २ ख बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीलाई डेंगुको संक्रमण भएको छ । ज्वोरोको कारण विगत तीन दिन देखि काठमाडौँको ग्राण्डी अस्पतालमा उपचाररत सांसद दवाडीलाई डेंगु देखिएको पारिवारीक स्रोतले जनाएको छ ।
गण्डकी प्रदेशको राजधानी डेंगुको उच्च जोखिममा छ । कास्कीसँगै स्याङ्जा, तनहुँ पनि जोखिममा छन् । अन्य पर्वत, म्याग्दी लगायतका जिल्लामा पनि यसको संक्रमण रहेको स्वास्थ्य निर्देशनालयका यम बरालले जानकारी दिए ।
‘अहिले दिनमा ७०, ८० जनाको दरले विरामी बढेका छन्,’ उनले भने, ‘प्रदेशभरी करिब एक हजार जनामा यसको संक्रमण भइसकेको छ ।’
डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो । गण्डकी प्रदेशको ११ जिल्ला मध्ये मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा यसको संक्रमण रहेको आशंका गरिएको छ । गाडीका थोत्रा टायर, कवाडी सामानको संकलन केन्द्र, पानी जम्ने खाल्डा, घर वरपरका झाडीका कारण डेंगु सार्ने लामखुट्टे फैलिएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.