www.tandavnews.com
Fact ~ In search of truth

सिंह र स्यालको तुलना हुन सक्दैन : अध्यक्ष दाहाल

काठमाडौं ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सबैसँग आग्रह गरेका छन् ।

गणतन्त्र र लोकतन्त्रलाई उल्टाउनका लागि प्रतिक्रियावादी शक्तिहरुले षड्यन्त्र गर्न थालेको उनले आरोप लगाएका छन् आफूहरुको कमजोरी भए त्यसलाई सच्याउन तयार रहेको भन्दै दाहालले परिवर्तनलाई अपमानित गर्ने काम मान्य नहुने बताएका छन् ।

सिंहको अगाडि स्याल आएर हल्ला गरेकै भरमा सिंह र स्यालको तुलना हुन नसक्ने उनको भनाई थियो ।उनले निरंकुशतावादी र कुनै पनि नाममा प्रतिक्रियावादी शक्तिलाई यो देशलाई फेरि निरंकुशताको जाँतोमा पिस्न दिने कुरा आफूहरुलाई स्वीकार्य नहुने बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.