
पोखरा ।
जनयुद्धका शहीदहरुको स्मृति दिवसको अवसरमा पोखरामा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा १५२ युनिट रगत संकलन भएको छ ।
राष्ट्रिय युवा संघ कास्कीले शहीद सुरेश वाग्ले(बासु)र भीमसेन पोखरेल(बैरागी)को स्मृति दिवसको अवसरमा आज खुला रक्तदान कार्यक्रमको आयोजना गरेको हो । शहीदको २० औँ स्मृति दिवसको दिन आज विहान ७ः३० बजेबाट पृथ्वीचोकमा रक्तदान कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे उत्तम प्रमुख अतिथि रहनु भएको कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा कास्की इन्चार्ज राजकाजी गुरुङ, केन्द्रिय सदस्यहरु चुडामणी जंगली, श्रीनाथ बराल, सीता गिरी ओली, भिम कार्की,नेकपा नेता झलकपाणी तिवरीको उपस्थिती रहेको थियो ।
त्यस्तै कोमलनाथ बराल, नेकपा जिल्ला अध्यक्ष कृष्ण थापा, गण्डकी प्रदेश संसदहरु दिपक कोइराला, राजिब पाहारी, राष्ट्रिय युवा संघका नेता बिनय थापा क्षितिज, माधब बस्तोला, पुर्ण लामा, बिपिन आचार्य, राजकुमार दुलाल, हरि लम्साल, बिष्णु पौडेल साथै नेकपाका प्रदेश तथा जिल्ला कमिटी सदस्यहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी हितराज पाण्डेले देशको हरेक परिवर्तनमा युवाहरुको भुमिका महत्त्वपूर्ण हुने बताए । कार्यक्रम नेकपा कास्कीका इन्चार्ज राजकाजी गुरुङ र राष्ट्रिय युवा संघका नेता बिष्णु पुनले आफ्नो बिचार राखेका थिए ।
राष्ट्रिय युवा संघ कास्कीका नेता भोजराज पौडेलको अध्यक्षता भएको कार्यक्रमको संचालक डिल्लीराम सुबेदीले संचालन गरेका थिए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.