www.tandavnews.com
Fact ~ In search of truth

फेवा किनारमा ‘बीच भलिबल’ मैदान निर्माण सुरु

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज ।

पोखराको लेकसाईड स्थिल फेवा किनारमा बीच भलिबल मैदान निर्माण सुरु गरिएको छ ।

आगामी मंसिर १५ देखी २४ गतेसम्म नेपालमा आयोजना हुने १३ आंै दक्षिण एशियाली खेलुकद प्रतियोगिता (साग) अन्तर्गतको बीच भलिबलका लागि आजबाट (सोमबार) मैदान निर्माण सुरु गरिएको हो ।

Batas

फेवातालको मापडण्ड ६५ मिटर कायम रहने गरी बीच ४ वटा भलिबल कोर्ट निर्माण गरिने बीच भलिबल ब्यबस्थापन समितिका संयोजक भिम पराजुलीले बताए । उनका अनुसार चार कोर्ट मध्ये दुई प्रतियोगिताका लागि र अन्य दुई तयारी (वार्मअप) का लागि प्रयोग गरिनेछ ।

उनले कोर्टसँगै चेन्जिङ रुम, वासरुम सहितको अस्थायी भवन निर्माण गरिने जानकारी दिए । पराजुलीले अन्तराष्ट्रिय मापडण्ड अनुसारकै बीच भलिबल मैदान निर्माण हुने बताउदै १५/२० दिनमै कार्य सम्पन्न गर्ने बताए ।

स्थलगत अवलोकनमा पुगेका राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले बीच भलिबलसँगै भारात्तोलन, महिला फुटबल, महिला/पुरुष ह्याण्डबल, प्याराग्लाईडिङ, आर्चरी र ट्रायथोलन पोखरामा हुने बताए ।

उनले बीच भलिबलको मैदान निर्माण कार्य छिटो गर्नेपर्ने भएकाले टेण्डर प्रक्रियामा नगई ब्यबस्थापन समिति मार्फत काम गरेको बताए । उनले मैदानको निर्माण कार्य समयमै सक्नुपर्ने बताउदै सकेको खण्डमा सोही कोर्टमै खेलाडीहरुले प्रर्याप्त अभ्यास गर्न पाउने धारणा राखे ।

त्यस्तै स्थलगत अवलोकनमै पुगेका गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले फेवा किनारमा आयोजना हुने उक्त प्रतियोगिताले पर्यटन प्रबद्र्धनमा सघाउ पुग्ने बताए ।

नेपालमा हुने १३ औं सागले सरकारको भ्रमण बर्ष सन् २०२० को लक्ष्य प्राप्तीमा महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले निर्माण भएको उक्त जग्गा नेपाल ट्रस्टको रहेको उल्लेख गर्दै स्थानियबाट कुनै रोकतोक नरहने बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.