
काठमाडौं ।
सुन तस्करले नयाँ नयाँ शैली अपनाउदैँ सुन भित्राउने गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहानै ओखलमा १ किलो ४ सय ग्राम सुन ल्याउँदै गरेका एक जना र सोही सुन लिन गएका अन्य दुइ जनालाइ पक्राउ परेका छन्।

कतारको दोहाबाट हिमालय एयरलाइन्सको उडान नं। एच९५६४ को जहाजमा त्रिभुवन विमास्थल उत्रिएका तनहुँ चिपचिप ७ का होमबहादुर गुरुङ अवैध सुनसहित पक्राउ परेका हुन्। त्यस्तै उक्त सुन लिन गएका अन्य दुई जनालाई विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको छ।
उनले मसला पिँध्ने ओखलमा उक्त सुन लुकाएर ल्याएका थिए। सुन लिन गएका मोरङ पथरी २ का अनिल लुइँटेल र मोरङ पथरी ९ का भोजराज घिमिरे रहेको खुलेको छ। प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
विमानस्थल भन्सार र प्रहरीको सक्रियतामा सुन बरामद भएको हो।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.