www.tandavnews.com
Fact ~ In search of truth

बहुविवाह मुद्दामा प्युठानका अध्यक्ष प्रहरी हिरासतमा

काठमाडौं।

 

प्युठानका एक अध्यक्ष बहुविवाह मुद्दामा पक्राउ परेका छन् ।

बहुविवाह गरेको मुद्दा लागेपछि प्युठानको गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरी आइतबारदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका हुन्

Batas

गिरीविरूद्ध श्रीमती सीता केसी गिरीले बहुविवाहको उजुरी दिएकी थिइन्। सीताले गत भदौ १० गते बहुविवाहको मुद्दा दर्ता गरेकी हुन्। आफूविरूद्ध मुद्दा दर्ता भएपछि गाउँपालिका अध्यक्ष गिरी आफैं जिप्रका गएका थिए।

सीताकै उजुरीका आधारमा गिरीकी कान्छी श्रीमती अस्मिता बुढाथोकी पनि हिरासतमा छिन्। उनी भदौ २० गतेदेखि नै हिरासतमा रहेको प्रहरीले जनाएको छ।

गिरीले बहुविवाह गरेको प्रमाणित भएमा मुलुकी अपराध संहिता दफा १७५ उपदफा ४ बमोजिम एक वर्षदेखि पाँच वर्षसम्म कैद र दस हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुन छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.