www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा आफ्नै साथीलाई बियरको बोत्तलले हान्ने चार पक्राउ

तनहुँ।

तनहुँमा साथीलाई वियरको बोत्तलले हानी घाईते बनाउने पक्राउ परेका छन् ।

आपसी झै–झगडा हुदाँ आफ्नै साथीलाई वियरको बोत्तलले हान्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

Batas

गएराती तनहुँको शुक्लागण्डकी नगरपालिका –३ कवासेमा रहेको एक होटलमा बिर बहादुर थापा, सुमन खड्का, सुमित थापा, लोक बहादुर थापा र मनोज कार्कीसंगै बसी मादक पदार्थ सेवन गरेकोमा सुमन खड्काले मनोज कार्कीलाई बियरको बोतलले हानेको प्रहरीले जनाएको छ । कार्कीको टाउको र दाहिने पातामा चोट लागेको छ ।

उपचारको लागि पोखरा ल्याइएकोमा उनलाई थप उपचारको लागि टिचिङ अस्पताल काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ । घटनामा संलग्नमाथि थप अनुसन्धान अगाडी बढेको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.