
काठमाडौं।
श्रीलंका क्रिकेट टिमका १० खेलाडीहरुले पाकिस्तान जान इन्कार गरेका छन् ।पाकिस्तानमा आफूहरुको ज्यानको खतरा रहेको भन्दै उनीहरुले पाकिस्तान जान इन्कार गरेको जनाइएको छ ।
सन् २००९ मा श्रीलंकाका खेलाडीहरु सवार बसमा लाहोरमा आतंकवादी आक्रमण भएको थियो ।
तीन वन–डे र तीन टी–२० खेलका लागि श्रीलंकाको टोली २७ सेप्टेम्बरमा पाकिस्तान जाने भनिएको थियो । श्रीलंकाले पाकिस्तानसँग दुई टेस्ट म्याच पनि खेल्ने जनाइएको थियो यद्यपि त्यसको मिति र स्थान सार्वजनिक भइसकेको थिएन । तर श्रीलंकाको टी–२० टिमका कप्तान लासिथ मालिंगा र वन–डे टिमका कप्तान डिमुथ करुणारत्ने सहितको टोलीका सदस्यले पाकिस्तान जान इन्कार गरेका हुन् ।

श्रीलंका क्रिकेट बोर्डले पाकिस्तान जाने कि नजाने भन्ने विषयमा आफ्ना खेलाडीहरुसँग गरेको छलफलमा पाकिस्तान भ्रमणमा जाने टोलीका कप्तान थिसरा परेरासहितका १० खेलाडीहरुले पाकिस्तान नजाने निर्णय लिएको श्रीलंका क्रिकेट बोर्डले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
श्रीलंकाका खेलमन्त्री हरिन फर्नान्डोले पाकिस्तानमा टेष्ट म्याच नखेल्ने त्यसको सट्टा यूएईमा गएर खेल्न सकिने बताएका छन् ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.