www.tandavnews.com
Fact ~ In search of truth

यु–१८ को राष्ट्रिय फुटबल टोलीलाई पोखरामा स्वागत

सुशान्त गाहा मगर,

पोखरा/ताण्डव न्यूज।

राष्ट्रिय फुटबल टोली (यु–१८) लाई पोखरामा एक कार्यक्रममा बिच स्वागत गरिएको छ ।

‘साफ यु– १८ च्याम्पियनसिप २०१८’ का लागि प्रशिक्षण गर्न पोखरा आएको राष्ट्रिय टोलीलाई अखिल नेपाल फुटबल सँघ (एन्फा) कास्कीले स्वागत गरेको हो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरु एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, केन्द्रीय उपाध्यक्ष कृष्ण थापा तथा एन्फा कास्कीका निवर्तमान अध्यक्ष धरम सिं लामिछाने लगायतले खादा लगाई स्वागत गरे ।

सो अवसरमा बोल्दै राखेप सदस्य गुरुङले पोखरामा अभ्यास गरेर उपाधि जित्न सफल रहनेमा बिश्वास ब्यक्त गरे । उनले टोलीलाई प्रशिक्षणको क्रममा आवश्यक पर्ने सहयोग गर्नबाट पछि नहट्ने धारणा समेत राखेका थिए ।

त्यस्तै टिमका हेड कोच चेत नारायण श्रेष्ठले च्याम्पियन बन्नका लागि सबै तवरबाट टिम तैयार रहेको बताए । उनले चुनौतिको रुपमा भारत र बङ्गलादेश रहेको बताउदै यस अघि दुई पटक नेपाल च्याम्पियन बनिसकेको उल्लेख गरे ।

उनले यस पटक पनि च्याम्पियन बन्नका लागि सबै पक्षबाट मजबुद रहेको बताए । ‘हाम्रो एट्याकिङ राम्रो छ, उनले भने, फरवार्ड र मिडफिल्ड पनि राम्रो छ, अझ डिफेण्डिङ लाईन झनै बलियो छ ।’

उनले सबै प्रशिक्षण पुरा भैसकेको बताउदै अन्तिम तयारीका लािग पोखरामा ८ दिन रहने बताए । उनका अनुसार २५ सदस्सीय टोली प्रशिक्षणमा सहभागि रने पनि अन्तिम चरणमा २३ खेलाडीलाई छनौट गरिनेछ ।

काठमाडौंको हल्चोकमा असोज ३ देखी १२ गते सम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा नेपालले उद्घाटन खेल माल्दिभ्ससँग खेल्नेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.