www.tandavnews.com
Fact ~ In search of truth

मैले लभ म्यारिज नै गर्छु होला : बानिया

पाेखरा
ताण्डव न्यूज ।

एनटिभीमा प्रसारण हुने कार्यक्रम ‘एक्सन कट’ बाट सञ्चार क्षेत्रमा प्रवेश गरेकी हुन सम्पदा बानिया । झण्डै २ बर्ष लाइभ कार्यक्रम प्रस्तुत गरेकी सम्पदाले लोक दोहोरी गीतबाट मोडलिङ क्षेत्रलाई अंगालिन् । हालसम्म आउँदा उनले थुप्रै म्युजिक भिडियोमा समेत काम गरिसकेकी छन् । उनै बानियासँग गरिएको रमाइलो कुराकानी –

दिनचर्या

Batas

मेरो दैनिकीको कुरा गर्दा म प्रायः घरमा नै समय बिताउँछु । अरु समयमा म्युजिक भिडियोको सुटिङमा नै व्यस्त हुन्छु । म्युजिक भिडियो लगायत विभिन्न कार्यक्रमहरुमा पनि सहभागी हुन्छु ।

मेकअप

आफूलाई मेनटेन त गर्नु नै पर्छ । सबैले भन्छन् पानी पिउँदा राम्री हुन्छ, तर म आफूलाई राम्री बनाउन भन्दा पनि स्वास्थ्य राम्रो बनाउनका लागि नियमित धेरै पानी पिउँछु । राम्री बन्नका लागि मैले कहिल्यै पनि ब्राण्डेड क्रिम प्रयोग गर्दिन । मैले सामान्य क्रिमहरु नै प्रयोग गर्छु, जसमा नियमित बाहिर हिँड्दा सन ब्लक र नाइटमा नाइट क्रिमको मात्र प्रयोग गर्छु ।

फिटनेस

फिजनेटको कुरामा म एकदम वीक छु । मलाई खानेकुरा नखाई डाइटिङ गरेर फिट हुनुपर्छ भन्ने लाग्दैन, त्यसकारण हरेक खानेकुरा खान्छु त्यसकारण म हेल्दी पनि देखिन्छु । म पहिला जिम पनि गएको थिए, लगभग १ महिना गएर छोडे । मलाई हरेक खानेकुरा मनपर्छ, मैले थाहा पाए अनुसार मलाई यो खाना मन पदैन भन्ने थाहा नै पाएको छैन । त्यसले गर्दा पनि खाने कुराको लागि कहिल्यै मन मार्दिन ।

घुमफिर

मलाई घुम्न निकै मन पर्छ । भिडियो सुुटको लागि हामी प्रायः नयाँ–नयाँ ठाउँहरु घुम्छौ । भ्याली बाहिर भिडियो सुटको लागि निस्किदा रमाइलो लाग्छ । एक महिना अगाडि मात्र सुटिङकै लागि मुस्ताङ गएर आएको थिएँ । पर्सनल्ली भन्दा पनि म सुटिङकै लागि धेरै घुमेको छु । त्यसमा पनि मलाई सबैभन्दा बढी मनपर्ने ठाउँ पोखरा हो । यहाँको वातावरण नै छुट्टै छ । पोखराको फेवाताल, माछापुच्छ«े हिमालले मनलाई आनन्द बनाउँछ । त्यसकारण म प्रायः पोखरा आइराखेको हुन्छु ।

मोडलिङ करिअर

हेटौडामा जन्मिएको म भिजे बन्नकै लागि काठमाडांै आएको थिएँ । मैले पहिला एनटिभीमा काम गर्थे । मोडलिङ सुरुवात गरेको झण्डै ८ बर्ष भयो होला । यसरी मोडलिङमा आउने सोच नै थिएन । एनटिभीमा फिल्मी कर्यक्रममा सञ्चालन गर्दै मलाई भिडियोको अफर आउन थाल्यो । शिव विक दाईको अन्तरवार्ता लिन चितवन गएको थिएँ । त्यही बेला दाईबाट भिडियो खेल्नका लागि प्रस्ताव आयो । दाईले निर्माण गर्नुभएको लोक गीतबाट मेलै यस क्षेत्रमा करिअर सुरु गरेको हो । त्यसपछि आजसम्म बिस्तारै निरन्तर गरिरहेको छु ।

सामानको केअरिङ

सामानहरुको बारेमा कुरा गर्नुपर्दा मैले आफूले केही पनि सामान मिलाएर जतन गरेर राख्दिन । मेरो सबै सामानहरु दिदीले मिलाएर राख्दिनु हुन्छ । कतै बाहिर जानु प¥यो भने सबै सामानहरु यसै फालेर नै हिँड्छु । त्यसकारण मेकअपको सामानहरु पनि कति हराई राखेको हुन्छ त्यो बेला याद हुन्छ त्यसपछि फेरि केही मतलब नै लाग्दैन ।

ड्रेसअप

ड्रेसको बिषयमा पनि म धेरै चुजी छैन । कुनै पनि कार्यक्रममा जाँदा होस या कुनै पार्टीमा जाँदा होस मलाई यस्तो कर्लर, डिजाइन भन्ने कुरामा मतलब नै लाग्दैन । बस कुनै पनि लुगा लगाएर जानुपर्छ भन्ने कुरामा नै फोकस गर्छु ।

विवाह

जन्म, मुत्यु अनि विवाहको बारेमा माथिबाटै लेखेर आएको हुन्छ रे । त्यसैले हामीले सोचेको सबै सपना पूरा हुन्छ भन्ने हुदैन । तर जब सम्म मलाई लाग्छ, मैले लभ म्यारिज नै गर्छु होला । किनकी लभ म्यारिजमा धेरै सजिलो हुन्छ । एक अर्काेको बारेमा हरेक कुरा थाहा हुन्छ । मागी विवाहमा एक अर्काेको बारेमा थाहा पाउन आफ्नो सम्बन्धको बारेमा बुझनै धेरै समय लाग्छ ।

प्रस्तुति : बिनिता सुनार/ताण्डव न्युज ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.