
पोखरा।
नेपाल विद्यार्थी संघ र पोखरा इन्जिनियर कलेज इर्काइ समितिले १०६औं वि पि जयन्तिको अवसरमा वृद्धाआश्रममा खाद्यान्न सहयोग गरेको छ ।
नेविसंघ र कलेज इकाई समितिले महतगौडामा रहेको पोखरा बृद्धाआश्रममा खाद्यान्न वितरण गरेको हो। कार्यक्रममा विद्यार्थीहरुले जननायक बि पि कोइरालाको फोटोमा माल्यअर्पण गरेका थिए ।

कार्यक्रममा फलफूल, तरकारी, चामाल, बिस्कुट लगायतका खाद्यान्न पोखरा बृद्दाआश्रमका अध्यक्ष वसन्त कुमार पराजुलीलाई हस्तान्तरण गरिएको थियो।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै ने वि संघ पेकका पूर्व सभापती हेमन्त पाण्डेले वि पिका सिद्धान्तलाई स्मरण गर्दै इकाइले गरेको कार्य निकै सरानीय भएको र विभिन्न निकायले यसबाट पाठ सिक्नु पर्ने बताए।
निवर्तमान जिल्ला सचिब संघर्ष कोइरालाले सम्पुर्ण उपस्थित विद्यार्थीलाई शुभकामना दिदै यस्ता कार्यहरुमा सधै आफ्नो साथ र सहयोग रहने बाचा गरे ।
कार्यक्रमलाई समापन गर्दै इकाई सभापति टेनिस श्रेष्ठले कांग्रेस, ने वि संघ र सम्पुर्ण भातृ संगठनका साथीहरुले वि पिका सिद्धान्तलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने जोड दिए ।
कार्यक्रममा इकाईका सभापति टेनिस श्रेष्ठ, पुर्व सभापति हेमन्त पाण्डे, पुर्व उपसभापति निरोज लामिछाने, निवर्तमान जिल्ला सचिव संघर्ष कोईराला, सचिव अनिश राजभण्डारी लगायत उपस्थित रहेका थिए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.