www.tandavnews.com
Fact ~ In search of truth

नेविसङ्घको महाधिवेशन चाँडो गर्न माग

काठमाडौं ।

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको निर्वाचन चाँडो गर्न विद्यार्थी नेताले माग गरेका छन् ।

नेविसङ्घ महाधिवेशन पक्षधर विद्यार्थीले मङ्गलबार पत्रकार सम्मेलन गरी पार्टी नेतृत्वको कमजोरीका कारण भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन हुन नसकेको भन्दै चाँडो गर्नुपर्ने माग गरेका हुन् ।

नेविसङ्घका नेता लिलाबल्लभ दाहालले वर्तमान पार्टी नेतृत्व इतिहासमै कमजोर भएको आरोप लगाए । “पार्टी सभापतिमात्र नभई सिङ्गो काँग्रेसको केन्द्रीय समिति नै असक्षम बनेको छ”, उनले भने ।नेविसङ्घका नेता क्षितिज भण्डारीले पार्टी नेतृत्वले समयमै निर्वाचनको मिति घोषणा गरेर अगाडि नबढे आमरण अनशन बस्ने बताए । नेविसङ्घको निर्वाचनमार्फत नेतृत्व चयन गरी पार्टी बलियो बनाउनुपर्ने उनको भनाइ थियो ।

नेविसङ्घका नेता मोती भण्डारीले भ्रातृ संस्थाको महाधिवेशन नगराएर पार्टी जागरण अभियानमा जानु सान्दर्भिक कुरा नभएको बताए । निवर्तमान कोषाध्यक्ष शिव रिमालले काँग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा नेविसङ्घले आन्तरिक लोकतन्त्र खोज्नुपर्ने अवस्था आउनु विडम्बना भएको बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.