
पोखरा ।
पोखराबाट सञ्चालित साङ्गीतिक अभियान सुगम सङ्गीत यात्राको स्वर्ण शृङ्खलामा गायक पशुपति गुप्ता र गायिका इतु जोजिजूलाई सुगम सङ्गीत सम्मान प्रदान गरिने भएको छ ।
वि. सं.२०४७ मा सुधा सागर…बोलको गीत रेकर्ड गरेर सुगम सङ्गीतमा लागेका पोखरेली गायक गुप्ताका हत्केलामा…, तिम्रै मायाको प्यासी…, परपर…, कहिले मिलन कहिले विछोड…लगायतका सुगम गीतहरु रेकर्ड भएका छन् ।

त्यसै गरी, वि.सं.२०५४ मा माया गर्छु भनेर… बोलको गीत रेकर्ड गरेर सुगम सङ्गीतमा लागेकी पोखरेली गायिका इतुको चरणामृत, चयन, चिनो र चहक गरी ४ ओटा एल्बम बजारमा आइसकेका छन् ।
त्यो कहिले घाम कहिले छाया होस्…, जहाँ भ्रमर छ…, बिर्सन सजिलो भएन…लगायत चर्चित गीतका गायिका इतुका हालसम्म १ सयभन्दा बढी गीत रेकर्ड भएका छन् । इतु पोखरेली गायिकाहरुको संस्था हार्मोनी पोखराकी अध्यक्षसमेत हुन् ।
पोखरामा क्रियाशील ३ ओटा साङ्गीतिक संस्था अनुपम म्युजिक, त्रिवेणी सङ्गीतालय र जे। ई। म्युजिक एकेडेमीको संयुक्त सञ्चालनमा मासिक रुपमा सुगम सङ्गीत यात्रा हुँदै आएको छ ।
आगामी भदौ २८ गते शनिबार पोखरा उद्योग वाणिज्य सङ्घमा हुने यात्राको स्वर्ण शृङ्खलामा रामभक्त जोजिजू, इतु जोजिजू, पशुपति गुप्ता, लक्ष्मी गिरी, ज्ञान थापा, रोम तामाङ, एम. डी. काफ्ले, जय चापागाईँ, देवीमाया गुरुङ, पिङ्गला भट्ट, सन्तोष बस्याल, सन्तोष पराजुली, सुनील बराल, रोहनजङ कार्की, उपेश थापा, प्रज्ज्वल भित्रीकोटी, योगेश गौतम, कमला अर्याललगायत पोखराका डेढ दर्जन नयाँ तथा पुराना कलाकारले प्रत्यक्ष वाद्यवादनसहित साङ्गीतिक प्रस्तुति दिने छन् ।
वि. सं. २०७२ साउन २ गते पोखराको तालबाराहीबाट सुरु भएको यात्रा पोखरावरिपरिका विभिन्न ठाउँलगायत तनहुँ, पर्वत, काठमाडौँ, दार्जिलिङलगायतका ठाउँमा सम्पन्न भइसकेका यात्राका अध्यक्ष अनुराग अधिकारीले जानकारी दिए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.