
ताण्डव न्यूज ।
सिभिल बैंकले लम्जुङको भूलभूलेमा एटिएम सेवा विस्तार गरेको छ । बुधबार भूलभूलेमा एटिएम सुरु गरेसँगै सिभिल बैंकको एटिएम सेवा देशका विभिन्न ६३ ठाउँमा पुगेको छ । बैंकले देशका शहर तथा ग्रामिण भागमा गरेर ९६ वटा शाखाबाट बैंकीङ सेवा प्रदान गर्दै आइरहेको छ । बुधबार भूलभूलेमा एटिएम सेवा सुभारम्भ कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख समीर केसी लगायत उक्त क्षेत्रका ब्यवसायी, राजनीतिक ब्यक्तित्वहरु, उद्योगी तथा अन्य सेवाग्राहीहरुको सहभागिता रहेको थियो ।बैंकले बैंकिङ कारोबारसँगै सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक कामहरु समेत गर्दैै आइरहेको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.