www.tandavnews.com
Fact ~ In search of truth

बाँकेमा डेङ्गु फैलिन नदिन लार्भा नष्ट

बाँके ।

बाँकेमा डेङ्गुु रोगको सङ्क्रमण फैलिन नदिन लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान शुरु गरिएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा उपचारार्थ आएका सात जनामा डेङ्गुु रोगको सङ्क्रमण देखिएपछि जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहअन्तर्गतका स्वास्थ्य शाखाले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेका हुन् ।

Batas

खजुरा गाउँपालिकाले वडा नम्बर ३ र ४ का बजार क्षेत्रलाई लक्षित गरेर उक्त अभियान शुरु गरेको छ । अभियानअन्तर्गत वडाका प्रत्येक टोल–टोलमा पुगेर लामखुट्टेको लार्भा नष्ट गर्नुका साथै सर्वसाधारणमा सचेतना जगाइने गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख पूर्ण खड्काले बताए ।

उनका अनुसार यो अभियानमा दुईवटा वडाका ३३ महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिनेछ । गाउँपालिका उपाध्यक्ष एकमाया विकले डेङ्गुु रोग लाग्नै नदिनु नै उत्तम उपाय भएकाले लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएको बताए ।

भेरी अस्पताल नेपालगञ्जमा उपचारार्थ आएका सात जनामा डेङ्गुु रोगको सङ्क्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुपानन्द अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार बाँकेमा हालसम्म डेङ्गुु रोगबाट सङ्क्रमित सात जनामध्ये एकजना बाँकेका छन् भने अन्य छ जना बाहिरी जिल्लाका बिरामी रहेका छन् ।

बाँकेभन्दा अन्य जिल्लाबाट नेपालगञ्ज आएका व्यक्ति बिरामी भई अस्पताल आउँदा डेङ्गुु फेला परेको हो । बाँके जिल्लामा ठूलो समस्याको रूपमा नदेखिए पनि डेङ्गुु रोगको सङ्क्रमणको जोखिम रहेकोले पूर्वसतर्कता अपनाउनु पर्ने डा.अधिकारीको भनाइ छ ।

डेङ्गुु रोगको सङ्क्रमण फैलिन नदिन स्वास्थ्य कार्यालयले आवश्यक तयारी गरेको जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिए। उनका अनुसार डेङ्गु रोग फैलाउने लामखुट्टे नियन्त्रण र स्वास्थ्य सचेतनाका लागि प्रचारप्रसारको काम स्वास्थ्य कार्यालयले गरिरहेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.