www.tandavnews.com
Fact ~ In search of truth

बालिका हिंसाप्रति सरकारको ध्यान कहिले जाने ?

काठमाडौं ।

राष्ट्रियसभाको आजको बैठकमा कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्यापछि अन्य धेरै बालिकाको बलात्कार भएको तर दोषीलाई कारवाही नगरेकोप्रति सरकारको ध्यानाकर्षण गराइएको छ ।

बैठकको शून्य समयमा नेपाली काँग्रेसका धनकुमारी खतिवडाले हत्या, हिंसा र बलात्कारका घटना बढेको तर सरकारले दोषीलाई कारवाही नगरेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

उनले नवलपरासीमा एक बालिकामाथि १० जनाले सामूहिक बलात्कार गरेको, रसुवाका दुई बालिका बलात्कृत भएको जानकारी गराए। काँग्रेसकै मुक्ताकुमारी यादवले २ प्रदेशको लोकप्रिय नारा ‘बेटी बचाऊ’ भए तापनि १५ वर्षीया किशोरीलाई एसिड आक्रमण भएको हुँदा दोषीलाई तत्काल कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए।

नेकपाका मीना बुढाले रोल्पाको शहीदमार्ग सडकखण्डमा पहिरोका कारण बाटो बन्द भएको हुँदा त्यहाँका जनताले सास्ती भोग्नुपरेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

त्यस्तै, त्यहाँका कृषि बालीहरु यातायात बन्द हुँदा अदुवा, फलफूलहरु कुहिएर खेर गएको हुनाले तत्काल पहिरो पन्छाई बाटो खोल्नुपर्ने माग गरे।

नेपाली काँग्रेसका प्रकाश पन्थले सदनमा सांसदले उठाएका धेरै समस्याका बारेमा सरकारबाट जवाफ नआएको भन्दै सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने र संसद्प्रति उत्तरदायी हुनुपर्ने माग गरे । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.