www.tandavnews.com
Fact ~ In search of truth

शान्ति गुरुङलाई फोनिज युके पत्रकारिता सम्मान

पोखरा।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), युकेले ‘फोनिज युके पत्रकारिता सम्मान–२०१९’ बाट बरिस्ठ पत्रकार शान्ति गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ ।

फोनिज युकेकी अध्यक्ष प्रमिला लाबुङ राईको अध्यक्षतामा यही सेप्टेम्बर ३ तारिख, २०१९ गोर्खा भवन फार्नबरोमा बसेको बैठकले यो निर्णय गरेको हो । सम्मानको राशि ३० हजार रुपैयाँ र ताम्रपत्र रहेको आयोजकले जनाएको छ ।

फोनिज युकेले रेडियो बिजिडब्लुएसका निर्देशक सोनाम छिरिङ शेर्पाको संयोजकत्वमा गठन गरेको पत्रकारिता सम्मान छनोट समितिले फोनिज केन्द्र (नेपाल)ले सिफारिस गरेको ५ जना पत्रकारमध्ये वरिष्ठताका आधारमा शान्ति गुरुङलाई चयन गरिएको हो ।

सम्मानित हुन लागेको गुरुङ हाल गुरुङ रेडियो नेपाल क्षेत्रिय प्रसारण केन्द्र पोखरामा समाचार अधिकृतका रुपमा कार्यरत रहेकी छिन भने उनी नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको उपाध्यक्ष, तमू (गुरुङ) सञ्चारकर्मी संघ कास्की जिल्लाको अध्यक्ष समेत रहेकी छिन ।

उक्त सम्मान आगामी असोज अन्तिम साता काठमाडौंमा प्रदान गरिने आयोजकले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.