www.tandavnews.com
Fact ~ In search of truth

थुनुवालाई सचेतना दिँदै पर्वत प्रहरी

संजय रेग्मी,
पर्वत /ताण्डव न्यूज ।

 

जिल्ला प्रहरी कार्यालय पर्वतले समाजमा हुने बिभिन्न प्रकारका अपराधहरु न्यूनीकरण गर्नका लागि थुनाुवाहरुलाई पनि सचेतनामूलक प्रशिक्षण दिन सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी, प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा रहेकाहरुलाई प्रशिक्षण दिन थालिएको हो । अभियानको पहिलो दिन बुधबार प्रहरी कार्यालयको हिरासतमा रहेका ६० जनालाई सचेतनामूलक प्रशिक्षण प्रदान गरिएको छ ।

Batas

उनीहरुलाई सुरक्षाका आधारभूत बिषय, लागू औषधको असर र त्यसबाट बच्ने उपाय, बिभिन्न सामाजिक अपराध, साईबर अपराध, ट्राफिक सचेतना सकरात्मक सोच र उत्प्रेरणाको बारेमा जानकारी गराइएको हो । ‘विभिन्न कसुरमा अनुसन्धानको लागि थुनामा रहेका थुनुवा सहित उनीहरुका अभिभावक र आफन्तहरुलाई पनि साथमै राखेर प्रशिक्षण दिएका हौँ ।’

प्रहरी निरीक्षक रायमाझीले भने, ‘यसले अपराध गर्दा हुने परिणमका बिषयमा थुनुमा परेकाहरुले जानकारी पाउनुभएको छ । उहाँहरु अरुलाई पनि आफुले जानेका कुराहरु सिकाउनुहुनेछ । यसले अपराध न्यूनिकरणमा सहयोग पुग्छ भन्ने अपेक्षा गरेका छौँ ।’

प्रशिक्षण कार्यक्रममा सहभागी भएकाहरुलाई प्रहरी निरीक्षक रायमाझीले नै प्रशिक्षण दिएका थिए भने कार्यक्रमको सहजीकरण प्रहरी जवान बसन्त सुनारले गरेका थिए ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सम्पन्न गरिएको कार्यक्रमले अनुसन्धानको लागि थुनामा रहेकाहरुलाई अपराधको बारेमा जानकारी गराएको र प्रहरीको हिरासतमा पर्दासाथ अपराधी हो की भन्ने शंकाको अन्त्य गर्न सहयोग गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।

‘प्रहरीले अनुसन्धानको लागि आवश्यकता अनुसार जसलाई पनि नियन्त्रणमा लिन सक्छ, तर हाम्रो समाजमा प्रहरीको हिरासतमा रहनुलाई अपराधी नै हो की जस्तो भन्ने सोच छ, समाजमा मात्रै होईन थुनुवाहरुले पनि अरुले आपूmलाई अपराधी भन्छन की ? भन्ने शंका मान्ने गरेको पाएका छौँ ।’

उनले भने, ‘यो प्रशिक्षणबाट उहाँहरुलाई अपराध के हो ? हिरासत के हो ? आरोप के हो ? अपराधी को हो ? भन्ने बारेमा ज्ञान पाउनुभएको छ ।’ प्रहरी नायव उपरीक्षक अर्यालले प्रहरीले समाजमा हुने अपराधलाई समुदायकै सहकार्यमा न्यूनिकरण गर्नको लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम फलदायी रहेको बताए ।

यो अभियान लागू भएदेखि नै जिल्ला प्रहरी कार्यालय पर्वतले समुदाय, संघ संस्था, बिद्यालय, स्थानीय आमा समूह, क्लब लगायतसँगको सहकार्यमा बिभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.