www.tandavnews.com
Fact ~ In search of truth

पुरुषोत्तम न्यौपानेको ‘नाकै माथी फुली’

पाेखरा । 

आफ्नो जन्मदिनको अवसर पारेर चर्चित लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानेले नयाँ गीत ‘नाकै माथी फुली’ दर्शक श्रोतामाझ सार्वजनिक गरेका छन् । यो मध्य पश्चिम क्षेत्रमा लोकप्रिय मौलिक सिंगारु गीत हो ।

गीतमा न्यौपाने र शक्ति चन्द्रको सुमधुर आवाज सुन्न सकिन्छ । गीतको लय तथा शब्द संकलन किरण बाबु पन्तले गरेका हुन् । एरेन्ज राजु सुनामले गरेको गीत शंकरा डिजिटल स्टुडियोमा रेर्कड भएको हो ।

Batas

गीतको भिडियो समेत उत्कृष्ट बनेको छ । भिडियोमा गायक न्यौपाने स्वंमको अभिनय हेर्न पाइन्छ । भिडियोमा महिलाको पहिरनमा छड्के तिलहरी, पोतेमा सजिदै न्यौपानेले नृत्य गरेका छन् ।

उनीसँगै गोविन्द विवश र शक्ति चन्दको अभिनय भिडियोमा हेर्न पाइन्छ । भिडियोको निर्देशन र सम्पादन राजकुमार मगरले गरेका हुन् । छायांकन बासु बरालले गरेको यो भिडियोको सुटिङ काठमाण्डौमा गरिएको हो । गीतको उत्पादक तथा वितरक भरपुर संगीत प्राली रहेको छ ।

नेपालको मध्य पश्चिमको संस्कृतिलाई गीत मार्फत प्रस्तुत गर्न खोजिएको छ । मध्य पश्चिमका विभिन्न पर्यटकिय स्थलको बारेमा गीतमा वर्णन गरिएको छ । नयाँ शैलीको यो गीतले संगीत पारखीको मन जित्नेमा गायक न्यौपाने आशावादी छन् । ‘यो कल्चरल गीत हो, गीत सँगै म्युजिक भिडियो समेत उत्कृष्ट बनेको छ, पक्कै दर्शक श्रोताको मन जित्नेछ’ न्यौपानेले भने ।

यस्ता गीत मध्ये पश्चिम क्षेत्रमा विशेषगरी चाडवाडको अवसरमा बढी गाउने गरेकोले चाडबाडको छेको पारेर गीत रिलिज गरेको न्यौपानेले बताए । गीतले दर्शकलाई मध्य पश्चिम भम्रण गर्न उत्पेरित समेत गर्दछ ।

वलाम वेलटारी स्याङ्गजामा जन्मिएका न्यौपानेले ओजदार गीत मार्फत नेपाली साँगीतिक फाँटमा बेग्लै पहिचान बनाएका छन् । वि.स. २०४६ सालमा रेडियो नेपालमा स्वर परिक्षा दिई उत्रिर्ण भए पश्चात ‘वलाम देवि थान’ बोलको गीत रेकर्ड गरी नेपाली साँगीतिक फाँटमा डेब्यु गरेका न्यौपानेले एक हजार भन्दा बढी गीतमा आफ्नो सुमुधुर आवाज भरीसकेका छन् ।

लोकदोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रिय अध्यक्ष भैसकेका न्यौपाने रेडियो नेपालका कार्यक्रम अधिकृत हुन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.