www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा भरुवा बन्दुक र गोली सहित चार जना पक्राउ

पोखरा
ताण्डव न्यूज ।

कास्की प्रहरीले भरुवा बन्दुक र त्यसमा लाग्ने गोली सहित चार जनालाई पक्राउ गरेको छ । बुधबार माछापुच्छ्रे गाउँपालिका २ स्थित घलेखर्क र खम्राङमा वडा प्रहरी कार्यलय बगर बाट प्रहरी निरिक्षक दिपक थापाको कमाण्डमा खटिएको प्रहरीको टोलिले चार जनालाई भरुवा बन्दुक, त्यसमा लाग्ने बारुद र विभिन्न गोलि सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका २ बस्ने बम बहादुर तामाङ, गम बहादुर तामाङ, कृष्ण बहादुर तामाङ र भिम बहादुर तामाङ रहेका छन् ।
पक्राउ परेका उनिहरुको साथ बाट प्रहरीले ३ थान भरुवा बन्दुक, १६ थान लाईभ राउण्ड, २७ थान सर्ट गनको खोका,१/१ थान भरुवा बन्दुकको बट र नाल साथै बारुद र छर्रा समेत बरामत गरेको छ । पक्राउ परेका सबै जनामाथी कास्की प्रहरीले थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.