www.tandavnews.com
Fact ~ In search of truth

पत्रकार हमाललाई महासंघ कास्कीद्धारा स्वागत तथा सम्मान

पोखरा,
ताण्डव न्यूज ।

 

प्रहरी हिरासतमा रहेका पत्रकार ओम हमाललाई पत्रकार महासघं कास्कीले स्वागत तथा सम्मान गरेको छ । सर्बोच्च अदालतको दोस्रो पटकको आदेश पछि रिहा भएका हमाललाई महासघं कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले स्वागत गरेका हुन ।

आफू सुकुम्बासी परिवारमा जन्मेर २ दशक कास्कीमा पत्रकारिता गरेका हमालले भावुक हुँदै उत्पीडित,गरिबको एजेन्डा बोकेर जनपक्षीय पत्रकारिता गर्दा हत्कडी लगाइएको भन्दै चित्त दुखाए ।
पत्रकार हमालले पत्रकारको कलम नियन्त्रण गरेर सरकारले ज्याजती गरेको दाबी गरे । उनले हिरासतमा बस्दा राज्य कानुनले नचली मुडेबलले चलेको अनुभुति भएको पनि बताए ।आफुले यातना पनि भोग्नु परेको बताए ।

Batas

हमाललाई पहिलो पटक अदालतले रिहाको आदेश दिएपनि प्रहरीले सर्वोच्चको गेटबाटै पक्राउ गरि हिरासतमा राखेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.