www.tandavnews.com
Fact ~ In search of truth

सुविधा भएपनि म्याग्दी बगरफाँटमा अझै परम्परागत कृषि

म्याग्दी ।

म्याग्दीको बेनी नगरपालिका –२ बगरफाँट सदरमुकाम बेनी बजारसँगै जोडिएको र सबै किसिमका सुविधाको पहुँचमा रहेको भएपनि यहाँ अझैसम्म परम्परागत कृषि प्रणाली कायमै रहेको छ ।

अर्गानिक गाउँको रुपमा परिचित बगरफाँटका केही किसानले खेतीपातीमा प्रविधिको प्रयोगको शुरुआत गरेपनि प्रायः किसानले अझैपनि खनजोतदेखि मल बीऊसम्म परम्परागत प्रविधि र सीपको प्रयोग गरिरहेका छन् ।

म्याग्दीको अन्न भण्डारसमेत भनिने बगरफाँटका करीब दुई सय किसान जागीर, ब्यापारसँगै पुख्र्यौली पेशाको रुपमा कृषि पेशा अपनाइरहेका छन् । यहाँका अधिकांश व्यक्तिले कृषि पेशा अपनाएका भए पनि यसलाई व्यावसायिक बनाउने भने कमै रहेको बगरफाँटका अगुवा किसान जीतबहादुर कार्कीले बताए ।

कृषि ज्ञान केन्द्र म्याग्दीले यहाँका किसानलाई सहुलियत, अनुदान र निःशुल्क रुपमा विभिन्न किसिमका कृषि सामग्री प्रदान गर्दै आएको छ । सिञ्चाइका लागि पाइपदेखि लिएर औजार, उपकरण, मल, बीउ, तालीम, गोष्ठी सबै चिज उपलब्ध गराएपनि किसानलाई व्यावसायिक बनाउनेतर्फ कसैको ध्यान नगएको कृषि ज्ञान केन्द्रका प्राविधिक बताउँछन् ।

बगरफाँट ताजा तरकारी र अग्र्यानिक बालीका लागि अत्यन्तै सम्भावना रहेको गाउँ भएपनि यहाँका किसानले व्यावसायिक रुपमा कृषि पेशा नअपनाएको कृषि ज्ञान केन्द्र म्याग्दीका भोजबहादुर थापाले बताए ।

बगरफाँटका किसानले अर्गानिक खेती गर्दै आएका छन् । यहाँ उत्पादित तरकारी र अन्नबालीको माग बजारमा धेरै रहेको छ । तर, किसानले मागअनुसारको उत्पादन गर्न नसकेको अर्का किसान तिलकुमारी कार्कीले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.