www.tandavnews.com
Fact ~ In search of truth

दुई महिनापछि सुनको मूल्य लगातार ओरालो

काठमाडौं ।

दुई महीनादेखि लगातार उकालो लाग्दै गएको सुनको मूल्य पछिल्लो साता भने ओरालो लागेको छ ।

गत साताको शुक्रबारसम्म वृद्धि भइरहेको सुनको मूल्य आइतबारदेखि ओरालो लागिरहेको छ । शनिबार प्रतितोला ७२ हजारमा कारोवार भएको छापावाला सुन आइतबार प्रतितोला ५०० ले घटेर ७१ हजार ५०० पुगेको थियो । त्यस्तै मङ्गलबार सुनको मूल्य घटेर ७१ हजार पुगेको थियो । बुधबार भने सुनको मूल्य स्थिर रह्यो ।

आज पुनःसुनको मूल्यमा प्रतितोला २०० ले गिरावट आएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ७० हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला २०० ले घटेको छ । तेजाबी सुनको मूल्य ७० हजार ५०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ ।

बुधबार प्रतितोला रु ८८० मा कारोवार भएको चाँदीको मूल्य पाँचले घटेर ८७५ पुगेको महासङ्घले जनाएको छ ।अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य ओरालो लागेको छ ।विश्व बजारमा आज सुनको मूल्य प्रतिऔस एक हजार ५०२.४० अमेरिकी डलर रहेको छ ।

केहीअघि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔसत एक हजार ५४० डलरसम्म पुगेको थियो । विश्व बजारमा सुनको मूल्यमा देखिएको गिरावटसँगै नेपाली बजारमा पनि मूल्य घटेको महासङ्घले जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.