www.tandavnews.com
Fact ~ In search of truth

पर्वत प्रहरीद्धारा नगद सहित चार जना जुवाडे पक्राउ

संजय रेग्मी,
पर्वत /ताण्डव न्यूज ।

जिल्ला प्रहरी कार्यालय पर्वतले खालमा रहेको २ लाख १७ हजार रुपैयाँ नगद सहित जुवा खेलिरहेका चार जनालाई पक्राउ गरेको छ ।

जिल्लाको कुस्मा नगरपालिका ९ कटुवाचौपारी स्थित लक्ष्मी श्रेष्ठको घरमा बिहीबार मोटो रकम राखेर जुवा खेलिरहेको भन्ने सूचना पाएपछि प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

पक्राउ पर्नेमा कुस्मा नगरपालिका ९ कटुवाचौपारीकै ३७ वर्षीय दिनेश ढकाल, ३५ वर्षीय नवराज अधिकारी, सल्यान जिल्लाको शारदा नगरपालिका ६ घर भई हाल कटुवाचौपारीमा नै बस्दै आएका ३८ वर्षीय उमाभक्त वस्नेत र फलेवास नगरपालिका ३ शंकरपोखरीका ५० वर्षीय रामप्रसाद तिवारी रहेका छन् । प्रहरीका अनुसार जुवा खालमै रहेका स्थानीय ३८ वर्षीय मदन शर्मा भन्ने रुद्र शर्मा पौडेल भने फरार भएकोमा उनको खोजी कार्य चलिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक रायमाझीको नेतृत्वमा गएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई बिहीबार नै जिल्ला प्रशासन कार्यालय पर्वतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ । उनीहरूलाई जुवा खेल्न वा सट्टावाजी गर्न नहुने कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.