www.tandavnews.com
Fact ~ In search of truth

एनआरएन युकेको युवा संयोजकमा तीर्थको उमेद्ववारी

सुशान्त गाहा मगर,
पोखरा /ताण्डव न्यूज ।

गैर आवासीय नेपाली सँघ (एनआरएन) बेलायतको युवा संयोजकमा तीर्थबहादुर मल्ल (अनिल) ले उमेद्वारी दिने घोषणा गरेका छन् ।

आगामी सेप्टेम्बर १४ तारिखमा बेलायतमा हुने निर्बाचनका लागि उनले युवा समिति तर्फको संयोजकमा उमेद्वारी दिने घोषणा गरेका हुन ।बेलायतमा रहेर नेपाल र नेपालीहरु प्रति समर्पित रहेका उलने बिसंगती र युवाको आवाजका लागि सधै लड्ने प्रतिबद्धता सहित आफुले उमेद्वारी दिन लागेको बताए ।

मल्लले युवा लक्षित बिभिन्न कार्यक्रमहरुको खाका तैयार पारेको बताउदै हरेक क्षेत्रमा युवाको सहभागिताका लागि अघि बढ्ने बताए । उने खेल क्षेत्रमा स्थापित हुन चाहने नेपाली युवाहरुलाई सहयोग गर्न र अग्रणी भुमिकामा ल्याउन पहल गर्ने समेत उल्लेख गरे ।

युवा संयोजक बन्नका लागि आफुले बिगतमा गरेको कार्यहरु नै प्रर्याप्त रहेको बताउदै मल्लले बेलायतमा रहेका हरेक क्षेत्रका युवाहरुलाई एउटै मालामा गाँस्ने कामलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

उनले युवाहरुको तर्फबाट मुल समितिलाई गर्नुपर्ने सहयोगमा कुनैपनि कमि नगर्ने समेत प्रतिबद्धता ब्यक्त गरेका थिए ।

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.