www.tandavnews.com
Fact ~ In search of truth

‘जनप्रतिनिधि र कर्मचारीबीच सम्बन्ध राम्रो हुनुपर्छ’: पूर्वप्रधानमन्त्री खनाल

इलाम ।

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहमा गुणस्तरीय काम हुनका लागि जनप्रतिनिधि र कर्मचारीबीच राम्रो सम्बन्ध हुनुपर्ने बताएका छन् ।

इलामको सूर्योदय नगरपालिकास्थित फिक्कलमा बिहीबार नेकपाको कार्यक्रममा उनले स्थानीयस्तरमा विकासको लहर चलेकोसमेत उल्लेख गरे । उनले ५६ वर्ष लगाएर क्रान्ति सम्पन्न गर्दै उपलब्धिसहित नयाँ नेपालको संविधान बनाउन सफल भएको भन्दै उनले अहिलेको संविधानलाई प्रत्येक पार्टीका सदस्यहरु जनप्रतिनिधिहरुले गहनरूपले अध्ययन गर्न आवश्यक रहेकोमा जोड दिए ।

फरक प्रसङ्गमा खनालले पार्टी एकीरणको शुरुआतमा केही असहजता देखिए पनि अहिले समाधान भइसकेको बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.