
अर्जुन कार्की,
बागलुङ /ताण्डव न्यूज ।
बैकर्स बागलुङले जिल्ला प्रहरी कार्यालय बागलुङलाई शान्ती सुरक्षाको गस्तीको लागि भन्दै साइकल हस्तान्तरण गरेको छ ।
शुक्रबार बैकर्स बागलुङले जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपि नवराज भट्टलाई ४८ हजार रुपैयाँका ६ ओटा साइकल हस्तान्तरण गरेको हो । बजारको शान्ती सुरक्षा र बैंकहरुको पनि सुरक्षामा सहयोग पुग्ने भएकाले साइकल हस्तान्तरण गरेको बैकर्स बागलुङका अध्यक्ष नारायण पौडेलले बताए ।
प्रहरीको गस्तीले बजारको सुरक्षामा प्रमुख भुमिका खेल्ने भएकाले प्रहरीलाई प्रत्यक्ष सहयोग गरेको अध्यक्ष पौडेलले जानकारी दिए ।साइकल बुझेपछि जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपि नवराज भट्टले साइकल गस्तीले समुदायसँगै बैंकहरुको सुरक्षा गर्न सहयोग पुग्ने बताए । एसपि भट्टले जिल्लाको शान्ति सुरक्षामा प्रहरी सधै चुस्तदुरुस्त रहेको बताउँदै साइकल गस्तीमा अझै बढी सहयोग पुग्ने बताए ।
बागलुङ बजारमा रहेका २७ ओटा बैंकहरुको सहयोगमा साइकल हस्तान्तरण गरिएको बैकर्स बागलुङका सचिव सुदिप राजभण्डारीले जानकारी दिए । राजभण्डारीले बैंक र बैंकर्सहरुलाई प्रहरीको सहयोग सधैं चाहिने भएकाले र जिल्लाको शान्ती सुरक्षामा सहयोग पुर्याउने उद्देश्यले साइकल हस्तान्तरण गरिएको बताए ।
बैकर्स बागलुङका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत सदस्य विकास पौडेल र संचालन सचिव सुदिप राजभण्डारीले गरेका थिए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.