www.tandavnews.com
Fact ~ In search of truth

पाल्पाको रम्भा गाउँ शतप्रतिशत विद्यार्थी भर्ना गराउने गाउँपालिका घोषणा

पाल्पा ।

 

पाल्पाको रम्भा गाउँपालिकालाई शतप्रतिशत विद्यार्थी भर्ना गराउने गाउँपालिका घोषणा गरिएको छ ।

गाउँपालिकामा शैक्षिकसत्र २०७६ मा भर्ना भएका पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका एक हजार ५०५ बालबालिका विद्यालयमा भर्ना भएका र कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको प्रतिवेदनका आधारमा विद्यार्थी भर्ना गराउने गाउँपालिका जिल्लामा नै पहिलो भएको हो ।

Batas

गाउँपालिकाभित्र अहिले ३७ सामुदायिक विद्यालय पाँच निजी तथा एउटा धार्मिक विद्यालय रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख काशीराम बस्यालले बताए । बालमैत्रीपूर्ण विद्यालय, त्यहाँको मूल्याङ्कन पद्धति, अनुगमन, सुपरीवेक्षण, स्थानीय पाठ्यक्रमको प्रयोग, विषयविज्ञ समिति, दैनिक क्रियाकलाप, गृहकार्य तथा बाल विकास कक्षाका माध्यमले पनि विद्यार्थीको शैक्षिक विकासमा सहयोग पुगेको उनको भनाइ छ ।

आधारभूत र माध्यामिक तहमा २१२ शिक्षकले अध्यापन गराउँदै आएका उक्त गाउँपालिकाका हरेक क्षेत्रमा विकास र समृद्धिको पहल तीव्र पारिँदै गएको अवसरमा यो पनि महत्वपूर्ण शैक्षिक उपलब्धि भएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

उनले पटक–पटक विद्यालय व्यवस्थापन समिति, प्रध्यानाध्यापकको छुट्टाछुट्टै बैठक तथा अनुगमनबाट विद्यार्थी विद्यालय भर्नामा छुटे-नछुटेको अनुगमन गरेपछि पुनः कार्यपालिका बैठकपछि गाउँपालिकाले पनि अनुगमन गरेर यथार्थ पहिल्याएको स्पष्ट पारे ।

गाउँपालिकाले बालमैत्री शासन भएको गाउँपालिकामा पाँच वर्षदेखि १२ वर्ष उमेरका विद्यार्थी सबै विद्यार्थी भर्ना भएका घोषणा, अपाङ्गता भएका व्यक्तिलाई पनि विद्यालय भर्ना गरेर शिक्षाको पहुँचमा ल्याउने र आगामी वर्ष पनि यही कार्यक्रम लागू गर्ने निर्णयसमेत गरेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.