
सुशान्त गाहा मगर,
ताण्डव न्यूज ।
लेकसाईड एरिनाद्वारा आयोजित होटल एण्ड रेष्टुरेष्ट फुटसल प्रतियोगिताको उपाधि अल्फान्जो रिसोर्टले जितेको छ ।
लेकसाईड फुटसल एरिनामा शुक्रबार सम्पन्न फाईनल खेलमा ब्यन्जन रेष्टुरेन्टलाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै अल्फान्जोले उपाधि जितेको हो ।
अल्फान्जोको जितका लागि अजय श्रेष्ठले ह्याट्रिक गरे भने म्यान अफ दि म्याच बनेका नारायण केसीले १ र रबि गुरुङले २ गोलको गरेका थिए ।च्याम्पियन बनेको अल्फान्जोले उपाधिसँगै शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ४० हजार रुपैया प्राप्त गर्याे भने उपबिजेता टिम ब्यन्जन रेष्टुरेन्टले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद २० हजार रुपैयामा चित्त बुझायो ।
उक्त प्रतियोगिताबाट अल्फान्जोका अजय श्रेष्ठ उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत भए ।२७ टिमको सहभागिताबाट बिजेता र उपबिजेत बनेका टिमलाई समापन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नागरिक समाज पोखराका अध्यक्ष बिष्णुहरी अधिकारी तथा युवा समाजसेवी अनिल थापा लगायतले पुरस्कार बितरण गरेका थिए ।
उक्त प्रतियोगिता गत २५ गते देखी सञ्चालनमा रहेको थियो ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.