www.tandavnews.com
Fact ~ In search of truth

कास्कीका सबै वडामा पार्टी कमिटी गठन

कास्की ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कास्कीका ७२ वडामा पार्टी कमिटी गठन गरेको छ । महानगरको ३३ र चार गाउँपालिकाका ३९ वडामा एकता प्रक्रिया सकिएपछि शपथ कार्य शुरु गरिएको केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज राजकाजी गुरुङले बताए ।

महानगरका वडामा शपथ गराउने कार्यक्रम केहीमा सकिएको र दुई÷तीन दिनभित्रमा ३३ वटैमा सकिएर गाउँपालिकामा शपथ शुरु गरिने जनाइएको छ । पार्टीको १० सदस्यीय जिल्ला कार्यालय सदस्यको टिमले वडा विभाजन गरेर शपथ गराएको हो । गत असारमा वडाका अध्यक्ष र सचिव चयन गरेको दुई महीनापछि कमिटीमा रहने सदस्य चयन गरिएको हो ।

Batas

नेकपाले ४५ सदस्यीय महानगर वडा कमिटीमा पूर्व एमालेबाट २६ र माओवादी केन्द्रबाट १९ तथा गाउँपालिकाको २९ सदस्यीय कमिटीमा पूर्व एमालेबाट १७ र माओवादीबाट १२ रहने गरी गठन गरेको छ । वडामा कमिटी चयन भएपनि महानगरसहित चार गाउँपालिकाका अध्यक्ष र सचिव भने अझै टुङ्गिन सकेको छैन ।

महानगर कमिटीको अध्यक्षको जिम्मेवारी पार्टी केन्द्रको सचिवालयले टुङ्गो लगाउने भएकाले नेतृत्व चयन हुन बाँकी रहेको जिल्ला इञ्चार्ज गुरुङले बताउनुभयो । वडाका इञ्चार्ज र सहइञ्चार्ज भने प्रदेश कमिटीले तोक्ने बताइन्छ ।

महानगर कमिटीको नेतृत्व पाउनेले एउटा गाउँपालिका लिनुपर्ने पूर्व माओवादीले बताउँदै आएको छ भने पूर्व एमालेले महानगर जसको भागमा परेपनि गाउँपालिका दुई÷दुई गरिनुपर्ने माग गरेको छ ।

नेकपाले वडा कमिटी चयनसँगै आगामी मङ्सिर १४ गते क्षेत्र नं २ मा हुने उपनिर्वाचनको तयारी शुरु गर्ने भएको छ । सरकारले गरेका कामको जनस्तरमा लैजाँदै उपनिर्वाचनमा होमिने बताउँदै इञ्चार्ज गुरुङले भने , “पार्टीको तल्ला कमिटी गठनसँगै उपनिर्वाचनमा होमिन्छौँ । हाम्रो पार्टीको नेतृत्वमा रहेका तीनै तहका सरकारका काम जनतामाझ लगेर मत माग्छौँ ।” (रासस)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.