www.tandavnews.com
Fact ~ In search of truth

दशनामी युवाको भेला तथा अधिवेशन पोखरामा सम्पन्न

पोखरा
ताण्डव न्यूज ।

नेपाल दशनामी युवा समितिको प्रथम राष्ट्रिय भेला तथा अधिवेशन पोखरामा सम्पन्न भएको छ ।

अधिवेशनले सुरेश गिरीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । त्यसैगरि समितिको बरिष्ठ उपाध्यक्षमा पोखराका अर्जुन गिरी, उपाध्यक्षमा बुटवलका अर्जुन गिरी, महिला उपाध्यक्षमा काठमाडौँकी शान्ता गिरी, महासचिवमा विराटनगरका जंगराज गिरी, सचिवमा नवलपुरका मदन गिरी, सचिवमा काठमाडौँका गणेश गिरी, कोषाध्यक्षमा तनहुँका सुरेश पुरी र सह कोषाध्यक्षमा बिरगंजका सन्दिप पुरी चयन भएका छन् ।

सदस्यमा अमृत गिरी, सुवास गिरी, सन्धया पुरी, नविनराज गिरी, दिपक भारती, सञ्जय गिरी, विद्या भारती, डिल्लीराम वन, नमराज पुरी, किसन गिरी, रुद्र गिरी, राजुराज गिरी, नविन गिरी, नन्दु गिरी, रामकुमार पुरी, दिपक पुरी र अमृता गिरी चयन भए ।

Lama collectio News Middle

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य पदम गिरीले युवाहरु देशको शक्ती भएको हुनाले सहि ठाउँमा उर्जा खर्चिनुपर्ने बताए ।

नेपाल दशनामी समाजका प्रमुख संरक्षक जयराम पुरी, प्रदेश नं २का प्रदेश सांसद प्रल्हाद गिरी, नेपाल दशनामी समाजका केन्द्रिय उपाध्यक्ष तारा गिरी, नेपाल दशनामी समाजका केन्द्रिय उपाध्यक्ष ध्रुव गिरी, नेपाल दशनामी समाजका केन्द्रिय उपाध्यक्ष सरस्वती गिरी लगायतकाले बोलेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery