
काठमाडौं ।
आज राष्ट्रिय बाल दिवस, देशैभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदै छ ।
यस वर्ष ‘सुनिश्चित बाल अधिकार समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको हो ।यसैबीच दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाको हक हितको कार्यान्वय सरकारको सर्वोच्च प्राथमिकतामा रहेको बताएका छन् ।
उनले नेपालको संविधानले प्रत्याभूत गरेका बालबालिकाको हक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको समेत उल्लेख गरेका छन् ।
बालबालिकाहरु आफैं आफ्नो अधिकार प्रयोग गर्न नसक्ने र त्यसका निम्ति परिवार, समाज र राज्यबाट पोषण, स्वास्थ्य र शिक्षाको उपयुक्त अवसर पाउनु उनीहरुको अधिकार रहेको प्रधानमन्त्री ओलीले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.