
हेटौडाँ ।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अझै पनि हजारौँ बालबालिका विद्यालयबाहिर रहेका र तिनले जोखिमयुक्त श्रम गर्न बाध्य हुनु परेको बताएका छन् ।
राष्ट्रिय बाल दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले उनीहरुलाई त्यस अवस्थाबाट बाहिर ल्याउन प्रदेश सरकार ठोस नीति तथा कार्यक्रमसहित अघि बढ्न लागेको बताए।
‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’ भन्ने नारा साथ मनाउन लागिएको बाल दिवस, २०७६ का अवसरमा बालबालिकामाथि हुने सबै प्रकारका हिंसा, श्रमशोषण र दुव्यर्वहार अन्त्य गर्दै उनीहरुको सर्वाङ्गीण विकासका लागि सबै सचेत र जागरुक रहनुपर्ने जारी सन्देशमा उल्लेख थियो ।
विद्यालय भर्ना अभियान, अनाथ एवम् असहाय बालबालिको अभिभावकत्व ग्रहण, माध्यमिक तहसम्म निःशुल्क एवम् अनिवार्य शिक्षा, विद्यालय खाजा तथा अभिभावक प्रोत्साहनलगायत कार्यक्रममार्फत बालअधिकार सुनिश्चित गर्ने प्रयासमा नागरिक समाज, राजनीतिक दल, सङ्घसंस्था सबैको हातेमालो जरुरी रहेको मुख्यमन्त्री पौडेलको भनाइ थियो । रासस
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.