www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश नं ३ कै पहिलो बालमैत्री नगर भीमेश्वर नगरपालिका

दोलखा ।

दोलखाको भीमेश्वर नगरपालिका प्रदेश नम्बर ३ कै पहिलो बालमैत्री नगरको रुपमा घोषणा भएको छ । बालमैत्री स्थानीय शासनका सम्पूर्ण सूचक पूरा गरेर आइतबार एक कार्यक्रमका बीच प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले बालमैत्री नगर घोषणा गरेका छन् ।

कार्यक्रममा दुलालले प्रदेश नम्बर ३ लाई २०८० सम्ममा बालमैत्री प्रदेश र २०७८ सम्ममा बाल विवाहमुक्त प्रदेश बनाउने चुनौती पूर्ण लक्ष्य लिइएको बताए । बाल अधिकार संविधानले सुनिश्चित गरेकाले बाल अधिकारका लागि सबै लाग्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा भीमेश्वर नगर प्रमुख भरतबहादुर केसीले बालमैत्री घोषणासँगै बालमैत्री अभियान शुरु भएको बताए । बालबालिकाका लागि नगरले विभिन्न शीर्षकमा बजेट विनियोजन गरिएको र नगरको दुई विद्यालय निर्माणाधीन अवस्थामा रहेकाले त्यसको पनि छिट्टै निर्माण गरिने केसीले बताए।

नगरपालिकाले सेवा प्रवाहसम्बन्धी बाल बचाउका १० वटा, बाल संरक्षणका पाँच वटा, बाल विकाससम्बन्धी छ वटा र बाल सहभागितासम्बन्धी १२ वटा सूचक र १६ वटा चरण पूरा गरी नगरलाई बालमैत्री नगर घोषणा गरिएको हो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.