www.tandavnews.com
Fact ~ In search of truth

राजनीतिक भागबण्डाकै कारण धेरै संस्थाहरुमा अस्थिरता देखियो– मुख्यमन्त्री गुरुङ

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनितिक हस्तक्षेपबाट मुक्त संघससस्थाहरुमा राम्रो काम भैरहेको बताएका छन ।

नेपालमा राजनितिक भागभण्डाकै कारण धेरै सस्थाहरुमा अस्थिरता देखिएको भन्दै मुख्यमन्त्री गुरुङले राजनितिक हस्पक्षेप मुक्त संस्थाहरुले तुलानात्मक रुपमा राम्रो भएको आफुले पाएको बताए ।

साहारा क्लबको ११ औ अधिवेशनको दोभिल्ला पोखरामा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले हिमालयन आँखा अस्पताल पोखरा, एसओएस बालग्राम पोखरा र साहारा क्लब पोखरा राम्रो काम गर्ने सस्थाहरु भएको उदाहरण दिए ।

‘यी संस्थाहरुले सरकारबाट हालसम्म अनुदान पाएका छैनन् तर विभिन्न क्षेत्रबाट रकम जम्मा गरेर उदाहरणीय काम गरिरहेका छन’ उनले भने, ‘यस्ता संस्थाहरुलाई प्रदेश सरकारले सधै पोत्साहन गर्छ र आवश्यक सहयोग गर्छ ।’

हिमालयन आँखा अस्पताललाई ५० लाख, एसओएस बालग्रामलाई एक करोड सहयोग गरिएको समेत उनले जानकारी दिए । साहारा एकेडेमी पोखरामा रहेका २४ जना जुनियर खेलाडीको सहयोगार्थ लाग्ने बार्षिक खर्च २० देखि ३० लाख खर्च प्रदेशले व्यहोर्ने समेत पनि मुख्यमन्त्रीले घोषणा गरे ।

अझै पनि देश निर्वाहमुखी र गुजरामुखी अवास्थामा रहेको दृष्टान्त दिदैँ मुख्यमन्त्री गुरुङले सवै मिलेर यस्ता अवस्थालाई माथि उठाउनुपर्ने आवश्यकता औँल्याए । मुख्यमन्त्रीले राम्रो काम गर्ने संघसंस्थालाई प्रदेशले अनुदान दिने योजना रहेको समेत सुनाए ।

सो अवसरमा साहारा पत्रकारिकता पुरस्कार २०७६ बाट नागरिक दैनिकका पत्रकार सन्देश श्रेष्ठलाई सम्मान गरिएको छ । पुरस्कारको राशी २० हजार ५ सय ५५ रुपैया र प्रमाणपत्र रहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.