www.tandavnews.com
Fact ~ In search of truth

कास्की – २ मा विद्या भट्टराई नै चुनाब लड्ने

पोखरा । स्वर्गिय पर्यटन मन्त्री रबिन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराई आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की २ बाट उमेद्वार हुने टुंगो लागेको नेकपा स्रोतले बताएको छ ।
सोमबार बसेको नेकपाको बैठकमा नेकपाका अधिकांश नेताहरुले विद्यालाई उमेद्वार बनाउनुपर्ने धारणा राखेपछि नेकपा अध्यक्ष केपी ओली र प्रचण्डलाई थप दबाब परेको हो । यस अघि नेकपाका उपाध्यक्ष बामदेव गौतम रित्त रहेको कास्की २ मा हुने उपनिर्वाचनमा उठ्ने चर्चा चलेको थियो । अहिले नेकपा कास्कीका नेता तथा कार्यकर्ताहरुले विद्या भट्टराईलाई शुभकामना र बधाई दिँदै सामाजिक सञ्जालमा तस्बिरहरु पनि राख्न थालेका छन् यद्यपी यसबारे नेकपाले आधिकारीक धारणा भने सार्वजनिक गरेको छैन । गत वर्षको फागुनमा ताप्लेजुङमा भएको हेलीकोप्टर दुर्घटनामा पर्यटन मन्त्री रबिन्द्र अधिकारीको निधन भएपछि कास्की २ रित्त छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.