
झापा ।
सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहको गोप्य कार्यालयमा प्रहरीले छापा मारेको जनाइएको छ ।
झापाको बिर्तामोड नगरपालिका–४, नेपाल विद्युत् प्राधिकरणको कार्यालय पछाडि राखिएको उक्त कार्यालयमा छापा मारेको हो ।गोप्य कार्यालयबाट छापा मार्ने क्रममा महत्वपूर्ण दस्तावेज र हतियार बरामद भएको प्रहरीले जनाएको छ ।प्रहरीले कार्यालयबाट दुई वटा कटुवा पेस्तोल र ४ राउण्ड गोली पनि बरामद गरेको छ ।
प्रहरीले उनीहरुको साथबाट पार्टी महासचिवको हस्ताक्षर भएको दर्जनौं रसिद पनि बरामद गरेको छ । उनीहरुबाट बरामद दस्तावेजले बिर्तामोडका थुप्रै व्यवसायीलाई चन्दा माग गरिएको खुलेको छ ।
हिजो दिनभर जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीले छापा मार्ने क्रममा तीन जना नेतालाई समेत प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा झापा जिल्ला जनसरकार प्रमुख टीका पोखरेल, सेक्रेटरी प्रविण मिश्र र मकवानपुरका कार्यकर्ता अनुल सारु मगर छन् ।
पछिल्लो एक महिनामा झापामा भएका विष्फोटका योजनाकार पोखरेल र मिश्र भएको प्रहरी दाबी छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.