www.tandavnews.com
Fact ~ In search of truth

माछापुच्छ्रे गाउँपालिका कार्यालय तोडफोड गरेको आरोपमा वडा अध्यक्ष पक्राउ

पोखरा ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाको कार्यालय तोडफोड गरेको आरोपमा वडा अध्यक्ष सहित केहि ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउपर्नेहरुमा वडाअध्यक्ष बीरेन्द्र गुरुङ, स्थानीय यूवा बिपुल शर्मा, रहेका छन् ।  वडा अध्यक्ष गुरुङ कांग्रेसबाट उमेद्वार भएर वडा नं। १ बाट निर्वाचित भएका हुन् । कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले थप अनुसन्धानको प्रक्रिया अघि बढेको जानकारी दिए ।

गत हप्ताको बुधबार २५ भदौमा उनीहरु सहितको केहि टोलीले गाउँपालिकाको बैठक कक्षमा रहेको सामाग्रीहरु तोडफोड गरेको आरोपमा उजुरी परेपछि कास्की प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु विरुद्ध गाउँपालिकाकी उपप्रमुख कृष्णकुमारी पौडेल दवाडीले उजुरी दिएकी थिईन् ।

‘बैठक बसिरहेका थियौँ,’ गाउँपालिका उपप्रमुख कृष्णकुमारीले भनिन्,‘खुसीमान गुरुङको नेतृत्वमा उहाँहरु आउनु भएको रहेछ । मलाई भेट्ने काम थियो भनेर मलाई भित्र चिट गएको थियो । आधा घण्टा लाग्छ बैठक सकिने भनेर मैलेर सूचना पठाएँ । तर, बाहिर निस्कँदा त उहाँहरुले भेट्न समय नदिएको भन्दै बैठक हलको टेबल कुर्ची सबै ध्वस्त बनाईसक्नु भएको रहेछ ।’
कांग्रेसका नेताहरुले भने गाउँपालिकाले गरेका निर्णयहरु सार्वजनिक गर्न माग गरेको र गाउँपालिकाले बेवास्ता गरेकोले यस्तो परिणाम आएको बताउँछन् । गाउँपालिका उपप्रमुख अहिले गाउँपालिकाको कार्यबाहक प्रमुख समेत हुन् । गाउँपालिका प्रमुख बैदेशिक भ्रमणमा छन् ।

Batas

कांग्रेसको स्रोत भन्छ,‘गाउँपालिकाले केके निर्णय गर्छ थाहा हुँदैन । निर्णय चाहियो भन्दा धेरै पटक आलटाल गरेपछि यूवाहरु आक्रोशित भएका हुन् ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.