www.tandavnews.com
Fact ~ In search of truth

खराब मौसमले उडान रोकियो,लुक्लाबाट उडेका चार हेलिकप्टर धानखेतमा इर्मरजेन्सी ल्यान्ड

काठमाडौं ।

 

खराब मौसमका कारण लुक्लाबाट उडेका हेलिकप्टर धानखेतमा आकस्मिक अवतरण भएको छ ।

सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उडेका चार लिकप्टर काभ्रे पाँचखालको धानखेतमा आकस्मिक अवतरण गरिएको हो ।

Batas

सिम्रिक एयरका २ वटा, मनाङ एयरको एउटा र कैलाश एयरको एउटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरिएको जनाइएको छ ।

मनाङको एउटा र सिम्रिकका २ वटा हेलिकप्टरमा ६/६ जनाका दरले १८ जना र कैलाश हेलिकप्टरमा ३ जना गरी २१ जना यात्रु सवार रहेको जनाइएको छ ।

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानैदेखि उडान प्रभावित भएको छ ।बाक्लो हुस्सु लागेको कारण भिजिबिलिटी कम भएकाले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो ।

विमानस्थलमा चार किलोमिटर मात्र भिजिबिलिटी रहेको विमानस्थलले जनाएको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.