
काठमाडौं ।
पछिल्लो समय विवादमा तानिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मुलुकमा अराजकता बढ्दै गइरहेको बताएका छन् ।
अराजक गतिविधि बढ्दै गएको भन्दै मन्त्री भट्टराईले चिन्ता व्यक्त गरेका छन् ।नेपाल प्रज्ञा प्रतिष्ठानको ३४ औं प्राज्ञ सभाको आज काठमाडौमा उद्घाटन गर्दै उनले अराजक गतिविधिबाट मुलुक अगाडि बढन् नसक्ने भएकाले प्राज्ञिक वर्गको भूमिका महत्वपूर्ण हुने बताए ।

मन्त्री भट्टराईले सुसंस्कृत समाजबाट मात्र मुलुकमा परिवर्तन सम्भव हुने धारणा राखे । प्रतिष्ठानले तयार पार्ने प्राज्ञिक महत्वका नीति, योजना र कार्यक्रममा सरकारले सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.