www.tandavnews.com
Fact ~ In search of truth

साफ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

काठमाडौं ।

नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिपका लागि नेपालले २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको आज घोषणा गरेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले दोस्रो चरणमा रहेका २५ खेलाडीमध्ये २३ सदस्यीय टोलीको घोषणा गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । गोलरक्षक रोहित कार्की र मिडफिल्डर दिपेश गुरुङ भने छनोटबाट बाहिरिएका छन् ।

छनोट भएका खेलाडीमा गोलरक्षक विशाल सुनार, सूर्य अधिकारी र पुजन होना छन् भने डिफेन्डरमा विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ, अलिक रुम्बा र एन्जल महर्जन छन् ।

त्यसैगरी मिडफिल्डरमा शिशिर लेखी, रोशन रानामगर, आकाश बुढा मगर, जय गुरुङ, मनिष थापा, कौशल फुयाँल र नितिन थापा छन् भने स्ट्राइकरमा ब्रिजेश चौधरी, साचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी छनोटमा परेका छन् ।

प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा माल्दिभ्स र भुटान छन् । त्यस्तै अर्को समूहमा बङ्गलादेश, भारत र श्रीलङ्का छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

आगामी असोज ३ देखि १२ गतेसम्म हुने उक्त प्रतियोगिताको खेल हल्चोकस्थित सशस्त्र प्रहरी बल (एफिएफ) मैदानमा हुनेछ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.