
पोखरा।
सातौँ बिज्ञान दिवसको अबसरमा पोखरामा प्रभात फेरि हुने भएको छ ।
बैज्ञानिक अनुसन्धान द्वारा बैज्ञानिक सोचयुक्त समाजको निर्माणका लागि स्थापित सस्था भौतिक अनुसन्धानका लागी पहल ( PRI ) को आयोजना र नेपाल भौतिक बिज्ञान समाज र नेपाल बिज्ञान शिक्षक समाजको सहआयोजनामा प्रभात फेरि हुन लागेको हो ।

प्रभातफेरि महेन्द्रपुल बाट सुरु भइ सिदार्थचोक , नालामुख हुँदै पृथ्वीनारायण क्याम्पस पुगि औपचारिक कार्यक्रममा परिणत हुनेछ ।बिगत २ बर्ष देखि बिज्ञान बहस श्रृङ्खला चलाउदै आइरहेको र २१ औँ शताब्दी बिज्ञानको युग भएकोले बिज्ञान दिवसलाई सबै नेपालीहरुले मनाउनु पर्ने पिआरआइका अध्यक्ष डा .कपिल अधिकारीले जानकारी दिए ।
नेपालको पहिलो साइन्स क्याम्पस अमृत साइन्स क्याम्पसको स्थापनाको दिनलाई नै नेपालमा बिज्ञान दिवसको रुपमा मनाइदै आइरहेको छ ।उक्त अवसरमा पोखरा क्षेत्रमा बिज्ञानको जग बसाल्न योगदान पुर्याएका सेवा निबृत प्रध्यापकहरु पबित्रमणि पौडेल , बिष्णुगोपाल प्रधान , प्रकाश जङ शाहा , एलिआमा जोन , बिष्णु कुमार श्रेष्ठ लगाएतले सम्बोधन सहित अन्तरक्रिया हुने भएको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.